काठमाडौं, १८ भदौ । वीर अस्पतालको छतबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेर करिब ४० वर्षीय पुरुषको मृत्यृ भएको हो ।
उनको पहिचान खुलेको छैन् ।
घटना बिहान ३ बजेतिरको हो । म बिरामीको आफन्त हुँ भन्दै ती पुरुष अस्पताल प्रवेश गरेर माथि तलामा गएर हाम फालेको अस्पतालले स्रोतले जनाएको छ ।
अस्पतालको अनुसार उनका कोही पनि बिरामी त्यहाा छैनन् । उनको शव अझै बेवारिसे अवस्थामा रहेको र कोही पनि आफ्नो मान्छे हो भन्न नआएको बुझिएको छ ।