निकित घिमिरेको उपचारका लागि ९२ हजार हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

निकित घिमिरेको उपचारका लागि ९२ हजार हस्तान्तरण

काठमाडौं, १७ भदौ। मेचीनगर–६ काँकरभिट्टा निवासी मञ्जु घिमिरेको छोरा निकित घिमिरेलाई उपचारको लागि युएईमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । युएईमा कामको शिलसिलामा रहेका काँकरभिट्टाका सन्तोष थलङ (सानु), युवराज थापा, मदन मगर लगायत “KVT Charity Helping Hands” मा आबद्व व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् । सो रकम काँकरभिट्टा निवासी राजेश गुरुङ्गले निकितको आमा मञ्जु घिमिरेलाई ९२ हजार प्रदान गरेका हुन् ।

गुरुङ्गका अनुसार मञ्जु घिमिरेले बिर्तामोडको बिएनसी अस्पतालबाट आफ्नो नानी बचाईदिन कारुणिक अपिल भिडियोमा देखेपछि काँकरभिट्टाकै युएईमा कार्यरत युवा हरुले ““KVT Charity Helping Hands” द्वारा सो रकम पठाएका हुन् । उनले भने,“आज केहि थप उपचारको लागि भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको छ र ति नानी चाँडै निको हुन सकेको खबर सुन्न सकौं ।”

बिर्तामोडको बिएनसी अस्पतालबाट मञ्जु घिमिरेले आफ्नो बच्चा बचाइदिन कारुणिक अपिल गरेकी थिइन् । नानीको उपचार यहाँ हुन नसक्ने भएपछि तुरुन्त काठमाडौ कान्ति बाल अस्पतालमा लानुपर्ने छ । प्लेन खर्च र बिएनसी अस्पतालमा नै दुई लाख भन्दाबढी रकम तिर्नुपर्ने र तुरुन्तै चाहिएको छ । चाँडो सफल उपचारको लागि आर्थिक सहयोगको घिमिरेले अपिल गरेकी हुन् ।

मञ्जु घिमिरेकी मामाको अनुसार नानीलाई ज्वरो आएर निमोनिया भएर फोक्सोमा कफ जमेको र कफ पगालेर फाल्दा–फाल्दै फोक्सोको मुल नलीमा खकार जमेको त्यो निकाल्न बच्चाको मिसिन चाहिन्छ यहाँ बिएनसीमा त्यसको सम्भव छैन भनी डाक्टरले सल्लाह दिएका हुन् । हिजै काठमाडौंको कान्ति बाल अस्पतालमा लानुपर्ने तर आर्थिक अवस्था कमजोर भएकाले लान सकिएको छैन । नानीको नाजुक भइसकेकाले सबैलाई सहयोगको आशाकासाथ बिनम्र अनुरोध गरिएको हो ।

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);