काठमाडौं, १७ भदौ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टर भन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिंचाई निर्माण परियोजना सम्पन्न भएको छ ।
शनिवार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो । परियोजना सन् २०१४ मा शुरु भएको थियो । गुइपिङ शहरको पर्ल नदी बेसिनमा यो परियोजना अवस्थित छ । यो परियोजना बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिंचाई प्रदान गर्न देशको एक महत्वपूर्ण सावित हुने बताइएको छ ।
८ अर्ब युआन (करिव १ अर्ब १ करोड अमेरिकी डलर) को कुल लगानीमा सिंचाई परियोजना सम्पन्न भएको हो । चीनले अर्थतन्त्रलाई स्थिर गर्ने, गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने काममा जोड दिइरहेको छ ।