सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल १ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सूर्यको अध्ययन गर्न भारतले पठायो अन्तरिक्ष यान आदित्य–एल १

काठमाडौं, १७ भदौ । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको शुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको प्रक्षेपण शुरु गरेको हो ।

आदित्य–एल १ नाम दिइएको यो अन्तरिक्ष यान शनिवार २ सेप्टेम्बरमा श्रीहरिकोटबाट स्थानीय समयअनुसार बिहान ११ः५० बजे अन्तरिक्षतर्फ प्रस्थान गरेको हो । श्रीहरिकोटमा भारतको प्रमुख उपग्रह प्रक्षेपण केन्द्र छ । यो अन्तरिक्ष यानले पृथ्वीबाट १५ लाख किलोमिटरको दूरी पार गर्ने छ, जुन पृथ्वी र सूर्यको दूरीको १ प्रतिशत हो ।

भारतीय स्पेस एजेन्सीका अनुसार लेगरञ्ज प्वाइन्टमा पुग्न यो अन्तरिक्ष यानलाई चार महिना लाग्नेछ । लेगरञ्ज प्वाइन्ट त्यो ठाउँ हो, जहाँ सूर्य र पृथ्वीको गुरुत्वाकर्षण बल सन्तुलित हुनेछ । यहाँ एक किमिसको न्युट्रल प्वाइन्ट विकसित हुन्छ, जहाँ अन्तरिक्ष यानको इन्धनको सबभन्दा कम खपत हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);