नेपाल-चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

नेपाल-चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु

काठमाडौं । नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ ।

महाभूकम्प २०७२ पछि पहिलो पटक शुक्रवारबाट नाका मानिस आवनजावतका लागि सुचारु भएको हो । आज बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका १ सय २८ पास जारि भएको छ भने कतिपय नेपाली नागरिक चिनियाँ भगको पुल बजारसम्म पुगेका हुन् । चीन प्रवेश गरेको केही नेपालीहरुले भने फर्कंदा आवश्यक पर्ने घरायसी सामन लिएर आएका छन् । शुक्रवार चीनतर्फ जान १ सय २८ जनाको पास जारी भएको अध्यगन कार्यालयले जनाएको छ । त्यस्तै पासपोर्ट प्रयोग गरेर नेपाल तर्फ दुई जना आएका छन् भने नेपालबाट तीन जना चीन गएका हुन् ।

तिब्बतस्थित नेपाली महावाणिज्य दुतावास र चिनियाँ अधिकारीहरुबीच मंगलवार भएको सहमतिपछि आजबाट नाका खुला भएको छ । पास प्राप्त गरेका नेपालीहरु शुक्रवारदेखि चीनतर्फ जान थालेका छन् । तातोपानीको पारीपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यगमन कार्यालयले पास वितरण गरेको थियो । अध्यगमनले जारी गरेको एक वर्षे अवधिको पास पाएकाहरुले चीन जान अनुमति पाएका हुन् । दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोना भइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटासहितको टोली तातोपानी नाकाबाट चीन प्रवेश गरेसँगै नाका सुचारु भएको छ । सो नाका २०७२ सालपछि बन्द रहेको थियो । बीच–बीचमा कहिलेकाहीँ खुलेपनि पूर्ण रुपमा सञ्चालनमा भने आउन सकेको थिएन । शुक्रवार नाका सुचारु भएसँगै अब तातोपानी नाकाबाट आवतजावत हुने भएको छ । आजमात्रै नेपाल पक्षबाट १३० जना र चीनको पक्षबाट १०८ जनाले वारपार गरेको सांसद सापकोटाले जानकारी दिनुभयो । उहाँले अब आगामी दिनमा तातोपानी नाका बन्द नहुने बताउनु भयो । उहाँले सबैलाई संयमित र अनुशासित ढंगले चीन सरकारको नियम, कानूनलाई पालना गर्न सिमावासीलाई आग्रह समेत गर्नुभयो । उहाँले कतिपय भौतिक संरचनाहरु निर्माण भइरहेको भन्दै यसलाई पूर्ण रुपमा पूर्ववत रुपमा सञ्चालन गर्न भने अझै एक वर्ष लाग्ने बताउनु भयो ।

तातोपानी नाका सुचारु भएसँगै सो क्षेत्रका सर्वसाधारण र व्यापारि, व्यवसायीहरुले खुशी व्यक्त गरेका छन् । आगामी दिनमा पुनः बन्द नहुने वातावरण मिलाउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नाका खुलेसगै सीमा क्षेत्रका स्थानीय र व्यावसायीमा खुशी छाएको छ । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै नेपाल सरकारले नाका खोल्न कुटनैतिक पहल गर्दै आएको हो । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);