काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिनुभएको हो ।
बिहीवार अफ्रिकामा जारी सैन्य बिद्रोकहको हालैका घटनाक्रमहरुमाथि सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गत महिनामात्रै नायजर, २०२२ मा बुर्किना फासो र त्यसअघिका वर्षहरुमा चाड, गिनी, सुडान र मालीमा सैन्य कु भएको थियो । केहीदिनअघि मात्रै ग्याबोनामा सैन्य कु भएको छ ।
गुटेरेसले अफ्रिकामा शान्ति, लोकतान्त्रिक स्थायित्व र सुशासनको प्रवद्र्धनमा निर्णयक भुमिका खेल्न अफ्रिकी युनियनहरुसँग आग्रह गर्नुभयो । उहाँले अफ्रिकी जनतालाई यस बारेमा जानकार गराउनुपर्ने बताउनु भयो । यस साताको अन्तिममा उहाँ केन्यामा हुने अफ्रिका जलवायु शिखर सम्मेलनमा जाँदै हुनुहुन्छ । त्यसपछि १३ औं एशियन संयुक्त राष्ट्र शिखर सम्मेलनमा भाग लिन इण्डोनेसिया जाँदै हुनुहुन्छ । त्यसलगत्तै उहाँ जि २० शिखर सम्मेलनमा भाग लिन भारत आउनु हुनेछ । साथै जी ७७ र चीनको शिखर सम्मेलनका लागि क्युबा जाँदै हुनुहुन्छ ।
उहाँले सो सम्मेलनका क्रममा पनि यसबारेमा विश्वस्तरका नेतासँग छलफल गर्ने बताउनु भयो ।