बुद्धि, विवेक पु¥याएर काम गर्न नगरप्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

बुद्धि, विवेक पु¥याएर काम गर्न नगरप्रहरीलाई मेयर बालेन्द्र साहको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पु¥याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ ।

बिहीवार महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले बुद्धि, विवेक पु¥याएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको हो । उहाँले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले नगर प्रहरीलाई हिम्मतले काम गर्न पनि आग्रह गर्नुभयो । प्रमुख साहले नगर प्रहरीले कुनैपनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबबिना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको बताउनु भयो ।

उहाँले महानगरपालिकाले १५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचनाहरु हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगरप्रहरीको भुमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । काठमाडौं महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि उहाँले बताउनु भयो ।

उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि राजनीतिक दबाबमा नआइकन काम गर्न सकेमा शहरमा सुशासन ल्याउन सकिने भन्दै प्रहरी नेतृत्वलाई आग्रह समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);