सजायमा रोक लागेपछि इमरान खान राजनीतिमा फर्कन सक्छन् ? | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

सजायमा रोक लागेपछि इमरान खान राजनीतिमा फर्कन सक्छन् ?

एजेन्सी, १४ भदौ । इस्लामाबाद जिल्ला अदालतले ५ अगस्ट २०२३ मा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गरेको थियो। उनलाई ३ वर्ष कैद र १ लाख जरिवाना गरिएको थियो । यसपछि पञ्जाब प्रहरीले इमरानलाई उनको लाहोरको घरबाट पक्राउ गरी एटक जेलमा राखेको थियो । इमरानले इस्लामावाद हाईकोर्टमा उक्त फैसलाविरुद्ध अपिल गरेका थिए ।

सुनुवाइपछि २९ अगस्ट २०२३ मा इस्लामाबाद उच्च अदालतले तोशाखाना मुद्दामा इमरानको सजायमा रोक लगाएको थियो। प्रधानन्यायाधीश आमिर फारुकले संक्षिप्त फैसला दिँदै जमानतमा पनि आदेश दिँदै विस्तृतमा निर्णय पछि आउने बताए ।

इमरानको सजाय रोकिएपछि उनका समर्थकहरूले इस्लामाबाद हाईकोर्टबाहिर नारा लगाउँदै भन्दै थिए,‘पाकिस्तानलाई कसले बचाउछ, इमरान खान–इमरान खान । रिहा–रिहा, इमरान रिहा। उनको पार्टी पीटीआईले पनि यसको भिडियो ट्वीट गरेको छ ।’

इमरान जेलबाट रिहा हुनुअघि नै इस्लामावादको विशेष अदालतले सिफर मुद्दामा हिरासतमा राख्न आदेश जारी गर्दै उनलाई अदालतमा पेश गर्न भनेको थियो। ३० अगस्टमा सुनुवाइपछि विशेष अदालतले इमरानलाई सेप्टेम्बर १३ सम्म न्यायिक हिरासतमा पठाएको छ ।

पाकिस्तानमा नोभेम्बरमा राष्ट्रिय निर्वाचन हुँदैछ। तर, केही सञ्चारमाध्यमका अनुसार यो केही महिना पछि सर्ने सम्भावना छ तर इमरानले आगामी दिनमा चुनाव लडेर फेरि पाकिस्तानको प्रधानमन्त्री बन्न सक्छन् कि भन्ने प्रश्न उठेको छ । यस विषयमा धेरै कानुनविद्हरूको धारणा फरक छ ।

ब्यारिस्टर असद रहीमले पाकिस्तानी अखबार डनसँग भने,‘दोषी ठहरिनुको अर्थ कानूनको नजरमा तपाई दोषी हुनुहुन्छ। त्यसैले सफाइ नपाएसम्म चुनाव लड्न गाह्रो हुनेछ ।’ ध्यान दिनुपर्ने कुरा के छ भने तोशाखाना मुद्दामा इस्लामाबाद हाई कोर्टले मात्र सजायमा रोक लगाएको छ र इमरानलाई सफाइ दिएको छैन।

पाकिस्तानका वरिष्ठ वकिल मियाँ दाउदले अल जजीरालाई भने, ‘इमरान खानको तीन वर्षको जेल सजायविरुद्धको मुख्य अपीलमा निर्णय हुन बाँकी छ । इमरान पूर्णतया निर्दोष भएमा मात्रै पाकिस्तानको आगामी चुनावमा उम्मेदवार हुन सक्नेछन् । इस्लामाबाद उच्च न्यायालयको निर्णयलाई सर्वोच्च अदालतमा पनि चुनौती दिन सकिन्छ।

वकिल शाह खवरले बीबीसीलाई भने, ’यदि तोशाखाना मुद्दामा इमरानको रिहाई कार्यान्वयन भयो भने अन्य मुद्दामा पनि उनलाई पक्राउ गरिनेछ।’ अप्रिल २०२२ मा सत्ताबाट बाहिरिएपछि इमरान खान विरुद्ध १०० भन्दा बढी मुद्दा विचाराधीन छन्।

इमरान खानको राजनीतिमा अगाडि बढ्ने बाटो उच्च अदालतको निर्णयमा भर पर्छ। तोशाखाना मुद्दामा इमरानका वकिलहरूले जिल्ला न्यायाधीश हुमायुन दिलावरले हतारमा निर्णय दिएको आरोप लगाएका छन् । उनीहरूले इमरानलाई रक्षा गर्ने अधिकार अस्वीकार गरे।

इमरानका वकिलले तोषाखाना मुद्दामा सर्वोच्च अदालतमा अपिल समेत गरेका थिए । सर्वोच्च अदालतको तीन सदस्यीय इजलासका प्रमुख प्रधानन्यायाधीश उमर अता बण्डियालले प्रारम्भिक रूपमा ट्रायल कोर्टको फैसलामा त्रुटिहरू रहेको बताएका छन् ।

इमरानका एक वकिल गौहर खानका अनुसार इमरानलाई विभिन्न मुद्दामा पक्राउ गर्नु राजनीतिक प्रतिशोधबाहेक केही होइन । उनले तोषाखाना मुद्दामा सजाय स्थगन भएपछि बाँकी मुद्दामा एक–एक दिनमा धरौटीमा रिहा हुने बताए ।

तर, वास्तविकता उल्टो हुन सक्छ । पाकिस्तानी अनुसन्धान एजेन्सी एफआईएले गोप्य साइफर गेट स्क्यान्डल र नेशनल एकाउन्टेबिलिटी ब्यूरो अर्थात एनएबीसँग मे ९ मा भएको हिंसाको मामिलामा खानसँग सोधपुछ गर्नुपर्नेछ। विशेष कुरा के छ भने एनएबीले खानलाई सोधपुछका लागि ९० दिनसम्म आफ्नो हिरासतमा राख्न सक्छ । यस अवधिमा सर्वोच्च अदालतलगायत कुनै पनि अदालतले उनलाई जमानत दिन सक्नेछैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);