काठमाडौँ, १४ भदौ । काठमाडौँ महानगरपालिकाले आज र भोलि २ दिन विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गर्ने भएको छ ।
महानगरले बिहीबार र शुक्रबार काठमाडौँका असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत सडक मार्गमा सवारी साधन प्रवेश गराउन रोक लगाएको हो ।
बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको महानगरले जनाएको छ ।