बल्लबल्ल पक्राउ परे राहुल, कृष्णबहादुर महराको के होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

बल्लबल्ल पक्राउ परे राहुल, कृष्णबहादुर महराको के होला ?

काठमाडौं,१४ भदौ । त्रिभुवन विमानस्थलमार्फत भएको सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रहरीले हिरासतमा राख्ने भएको छ । भेपमार्फत भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा महरालाई बुधवार दिउँसो उनलाई सीआईबीमा सोधपुछका लागि बोलाइएका बेला त्यहीँबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नुअघि राहुलले आफू सीआईबीमा जाँदै गरेको उल्लेख गर्दै फेसबूक स्टाटस लेखेका थिए । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सीआईबीले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका मुख्य योजनाकार किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, पछि दबाबका कारण उनीहरूविरुद्ध मुद्दा दायर हुन सकेको थिएन् ।

कृष्णबहादुर महराले वाङसँग १०÷१२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताएका थिए । उनी पक्राउ नपरेपनि उनीसँग सोधपुछ र बयान लिने अवस्था बनेको सीआईबी स्रोत बताउँछ ।

महराका कान्छा छोरा राहुलको चिनियाँ नागरिकसँग बाक्लो सम्पर्क देखिएको छ । राहुलले चिनियाँ नागरिक दावोजिन वाङलाई १३१ पटक फोन गरेको कल डिटेल रेकर्डमा देखिन्छ भने वाङले उनलाई ६४ पटक फोन गरेका छन् ।

महरा बाबुछोरा जोडिएको विषयलाई लिएर सरकारी वकिल, सीआईबी र गृह मन्त्रालयका अधिकारीबीच अनौपचारिक बैठक पनि बसेको थियो । बैठकमा महरालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने कुरा उठेपछि सीआईबीले पक्राउ पुर्जी लिएर राहुललाई निगरानीमा राखेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);