सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आयोः अध्यक्ष ढकाल | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आयोः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र नियामक निकायहरुले लिएको गलत नीतिको कारण अर्थतन्त्रमा समस्या आएको बताउनुभएको छ ।

बुधवार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताउनुभएको हो । उहाँले निजी क्षेत्रले कडाई नीति नलिन भन्दा भन्दै लिएको नीतिको प्रभावको कारण सरकारले कर्मचारीहरुलाई तलब खुवाउन पनि समस्या आएको बताउनु भयो ।

उहाँले सरकार र नियामक निकायले लिएको नीतिको कारण नै मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले दूरदर्शी हिसावले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको बताउनु भयो।

उहाँले सरकारको नीतिगत व्यवस्था,कोभिड महामारी,विश्वव्यापी समस्या र श्रीलंकाको डर देखाएर सरकारले लिएको नीतिको कारण अर्थतन्त्र अहिलको अवस्थामा आएको बताउनु भयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);