सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न हुँदैनः सभापति लामिछाने | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

सरकारले उद्योगी व्यवसायीलाई अपराधीजस्तो व्यवहार गर्न हुँदैनः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजना भएको निजी क्षेत्रको आवाज विषयक वृहत छलफल कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले राज्यले मुलुभित्रै निजी क्षेत्रलाई व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताउनु भयो ।

उहाँले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने भएपनि निरुत्साहित बनाइ रहेको बताउनु भया । उहाँले व्यवसायीलाई अपमान भन्दा पनि लगानी गर्न प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । उहाँले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले व्यापार व्यवसाय र व्यापारी व्यवसायीहरुको संरक्षण कुनैपनि राजनीतिक दलको नेताले गर्ने नभएर नीतिले गर्ने बताउनु भयो। सभापति लामिछानेले नीतिले संरक्षण ग¥यो भने मात्रै निजी क्षेत्र समृद्ध हुनसक्ने बताउनु भयो ।

उहाँले व्यापार व्यवसाय र उद्योगी व्यवसायीहरुलाई अहिलेसम्म नेताले संरक्षण गरेकाले मुलुक माथि उठ्न नसकेको बताउनु भयो। उहाँले निजी क्षेत्रसँग सहकार्य गर्न स्वतन्त्र पार्टी तयार रहेको भन्दै उद्योगी व्यवसायीहरुलाई पार्टीमा सदस्य बन्न र चन्दा आतंकको मारमा कहिल्यै पनि बाध्य नपर्ने बताउनु भयो ।

उहाँले अब देशमा अर्थतन्त्र भन्दा बाहेकका कुरा गरेर मुलुकको अर्थतन्त्र माथि उकास्न नसकिने बताउनु भयो। उहाँले पछिल्लो समय माडवाडी व्यवसायीक समुहलाई लिएर अपमान जनक टिप्पणीहरु भएको भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो ।

उहाँले जुनसुकै समुदायको मानिस भए पनि गलत गरेर राज्यको नीति नियम भन्दा बाहिर गएको भए कारबाही गर्न आग्रह गर्नुभयो । उहाँले संविधानले नगर भनेको कुरालाई लिएर व्यवसायीहरुलाई अपमानित गर्ने, निरुत्साहित गर्ने काम नगर्न नहुने बताउनु भयो।

सभापति लामिछानेले व्यावसायिक वातावरण बनाउन आफू नेतृत्वको दल र सांसद प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);