पाल्पा जीप दुर्घटना : मृत्युु हुने तीनै जनाको पहिचान खुल्यो,एकको अवस्था गम्भिर | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

पाल्पा जीप दुर्घटना : मृत्युु हुने तीनै जनाको पहिचान खुल्यो,एकको अवस्था गम्भिर

काठमाडौं, १३ भदौ । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा सुख्खा पहिरोले जीप पुर्दा मृत्यु भएका ३ जनाको सनाखत भएको छ ।

गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा पुरिएर ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा गुल्मीको रेसुुगां नगरपालिका ७ की मनकला चुँदरा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार यमबहादुर गोदार र पोखराका बिनोद तिम्सिना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते भएका ८ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । चालक भने सकुशल रहेको बुझिएको छ । ८ मध्ये १ जनाको अवस्था गम्भिर रहेको र अन्य सात जनाको अवस्था सामान्य रहेको छ । पहिरो खसेपछि पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);