‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट तत्काल फिर्ता हुनुपर्छः सांसद गैरे | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट तत्काल फिर्ता हुनुपर्छः सांसद गैरे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ संसदबाट फिर्ता हुनुपर्ने बताउनुभएको छ ।

केही विषयमा राजनीतिक सहमतीको आवश्यक्ता समेत रहेकाले सो विधेयकमाथि सैद्धान्तिक छलफल नगरी सरकारले फिर्ता लिनुपर्ने उहाँको तर्क थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद गैरेले संसदमा पेश गरिएको सो विधेयक कानून निर्माणका लागि योग्य नभएकाले पनि सरकारले त्यसलाई फेरी फिर्ता लिएर पुनर्लेखन गरी संसदमा पेश गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो ८१ वटा कानुन संशोधन गर्नेगरी आएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ सही कानूनको रुपमा आउने परिस्थिति विद्यमान अवस्थामा छैन । त्यसो हुनाले आजको यो सैद्धान्तिक छलफलको प्रक्रियाबाट यसलाई फिर्ता गरेर, यसको पुनर्लेखन गरेर, केही राजनीतिक दलमा पनि छलफल गर्न आवश्यक छ । त्यो आवश्यक्ता अनुसारको छलफल गरेर यसलाई पुनर्लेखन गरेर यसलाई फिर्ता पठाईयोस् ।’

सांसद गैरेले सो विधेयक पुनर्लेखन नगरी संसदमा पेश गर्न मिल्ने खालको नभएको जिकिर समेत गर्नुभयो ।

Leave a Reply