हेमा मालिनीले भनिन्–म फिल्ममा काम गर्न चाहन्छु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

हेमा मालिनीले भनिन्–म फिल्ममा काम गर्न चाहन्छु

एजेन्सी,१२ भदौ । बलिउड अभिनेत्री हेमा मालिनी अन्तिम पटक २०२० मा ठूलो पर्दामा देखिएकी थिइन् । यो वर्ष उनको फिल्म ‘शिमला मिर्च’ रिलिज भएको थियो । जसले खास केही गर्न सकेन । यो फिल्मपछि हेमा ठूलो पर्दामा देखिइनन् ।

हेमाले मिडियासामु पनि यसबारेमा केही भनेकी छैनन् । अहिले अभिनेत्रीलाई हालै यसबारे सोध्दा उनले निर्मातासँग काम मागेको बताएकी छिन् तर उनले निर्माताका अगाडि एउटा सर्त पनि राखेकी छिन् ।
पीटीआईसँगको विशेष कुराकानीमा हेमाले थप काम गर्ने बारेमा भनिन्, ‘फिल्ममा काम गर्न पक्कै मन लाग्छ तर राम्रो भूमिका हुनुपर्छ । राम्रा भूमिका पाएँ भने किन नपाउने ? म सबै निर्माताहरूलाई भन्न चाहन्छु कि तपाईं अगाडि आउनुहोस् र मलाई साइन गर्नुहोस्। म उपलब्ध छु’।

हेमा मालिनीकी मित्र सह–अभिनेत्री जया बच्चनले ’रकी और रानी की प्रेम कहानी’ बाट ठूलो पर्दामा कमब्याक गरेकी छिन् भने शर्मिला टैगोरले हटस्टारको वेब सिरिज गुलमोहरबाट ठूलो पर्दामा कमब्याक गरेकी छिन् । जसले समीक्षक र फ्यानबाट धेरै माया पाएको छ ।

यसबाहेक हिन्दी फिल्मका बारेमा हेमा मालिनीले भनिन्, ‘दर्शक ठूलो पर्दामा फिल्म हेर्न चाहन्छन् । इत्त् प्लेटफर्म एक समय पास हो। ठूला पर्दामा चलचित्र फरक फरक हुन्छन् । जसलाई हामी प्रयोग गर्छौं, त्यसैले यो इत्त् र वेब श्रृंखला टाइमपासको लागि सही छ। गदर २ र पठान ठूलो पर्दामा आउँदा हिट हुनुको कारण यही हो । मानिसहरु ठूलो पर्दा मन पराउँछन् जुन सानो पर्दा भन्दा फरक र राम्रो छ ।’

यसअघि हेमाले सनी देओलको फिल्म गदर २ मा पनि प्रतिक्रिया दिएकी छिन् । उनले आफ्नो सौतेनी छोराको फिल्मको निकै प्रशंसा गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);