अधिकारी र सुन तस्कर दावाबीचको संवाद प्रकरणअख्तियारले सीआईबीसँग ‘कल डिटेल्स’ माग्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

अधिकारी र सुन तस्कर दावाबीचको संवाद प्रकरणअख्तियारले सीआईबीसँग ‘कल डिटेल्स’ माग्ने

काठमाडौं, १२ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले सुन तस्कर दावासँग गरेको वीच्याटलगायतका संवादको बारेमा पनि विस्तृत अध्ययन गर्ने भएको छ ।

अख्तियारले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहितका कर्मचारीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिसकेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक सम्बन्धका बारेमा छानबिन थालेको छ । अख्तियारका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने–‘छानबिनका क्रममा आवश्यक परेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०सँग दावा र अधिकारीबीच वीच्याटमा भएका कुराकानीको विवरण वा कलडिटेल्स कल डिटेल्स माग्छौं ।’

सुन तस्करीका प्रमुख योजनाकार मानिएका दावा छिरिङ गत १५ साउनमा पक्राउ परेका थिए । उनको कल डिटेल्स र अन्य इलेक्ट्रिक डिभाइसका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन र छानबिन गर्दै आइरहेको छ । यसै क्रममा केही दिनअघि मात्रै सीआईबीका अनुसन्धान अधिकृतहरूले दावा र अधिकारीबीच पटकपटक वीच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको फेला पारेका थिए । सुन तस्कर दावासँग सेटिङ गरेका विभिन्न प्रमाणहरू फेला पार्दा पनि सीआईबीले अधिकारीलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन ।

पछिल्लो समय ६१ किलो सुन तस्करी र त्यसअघि इलेक्ट्रिक सिगरेट९भेप० मार्फत् गरिएको ९ किलो सुन तस्करीमा संलग्न रहेका भनिएका सबै कर्मचारीमाथि अख्तियारले एकै पटक विस्तृत अनुसन्धान गर्दै आइरहेको छ । अख्तियारले अधिकारीलगायतका सुन तस्करीमा मुछिएका कर्मचारीको सम्पत्तिका बारेमा समेत अनुसन्धान थालेको जनाइएको छ ।

दावासँग गहिरो सम्बन्ध देखिएपछि गृह मन्त्रालयले अधिकारीलाई विभागको महानिर्देशकबाट हटाएर मन्त्रालयकै अतिरिक्त शाखा ९बरण्डा०मा राखेको छ । बिहीबारदेखि मन्त्रालयलमा तानिएका अधिकारी शुक्रबार बिदामा बस्ने र आइतबारदेखि मन्त्रालयमा आउने बताए पनि सोमबारसम्मै उहाँ मन्त्रालय जानुभएको छैन । गृह मन्त्रलायको प्रशासन शाखाका एक कर्मचारीका अनुसार आइतबारदेखि आउने कुरा भए पनि उहाँ सम्पर्कविहीन अवस्थामा नै हुनुहुन्छ ।

सीआईबीले अधिकारी र दावाबीच लामो समयदेखि वीच्याटमा विभिन्न धन्दाका बारेमा कुराकानी हुने गरेको, अधिकारीले दावालाई सहयोग गरेको र सोवापत दावाले ठुलै आर्थिक सहयोग गरेको विषय फेला पारिसकेको छ । अख्तियार स्रोतका अनुसार सुन काण्डमा मुछिएका तथा तस्करहरूसँग सम्बन्ध भएका कर्मचारीहरूले अकुत सम्पत्ति आर्जन गरेको प्रारम्भिक सूचनाहरू प्राप्त भइसकेका छन् ।

स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हँुदा अधिकारीले भारतीय सिमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपुर्ण भूमिका खेल्नुभएको थियो । त्यतिखेर सुपारी, मरिचको तस्करीमा समेत भूमिका खेल्ने गरेको अधिकारीसँग सुन तस्कर दावाको सम्बन्ध अधिकारी ठुला करदाता कार्यालयमा बस्दादेखि नै भएको स्रोतले बतायो । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);