स्टार्टअपलाई व्यवसायमा रुपान्तरण गरी सरकारले उद्यमशिलता प्रवद्र्धन गर्छ : मन्त्री रिजाल | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८१, आइतबार

स्टार्टअपलाई व्यवसायमा रुपान्तरण गरी सरकारले उद्यमशिलता प्रवद्र्धन गर्छ : मन्त्री रिजाल

काठमाडौं, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरुको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न नीति बनाई रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो । मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरुलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताउनु भयो । उहाँले सरकारले स्टार्टअपका लागि उपयुक्त कानून तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्न बताउनु भयो । उहाँले नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्री बीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताउनु भयो । मन्त्री रिजालले स्टार्टअपलाई प्रवद्र्धन गर्न परियोजनामा आधारित कर्जा,अनुदान र वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहयोग गर्ने कोष स्थापना गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउने बताउनु भयो । उहाँले मन्त्रालयले व्यवसाय संवद्र्धन केन्द्र कार्यविधि तयार गरी सरोकारवाला निकायहरुसँग राय सुझावको लागि पठाएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्री बीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा राखेको छु । सरकारले स्टार्टअपका लागि उपयुक्त वातावरण सिर्जना गरी नवप्रवर्तनकारी विचारहरुलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको छ । देशमा स्टार्टअपका लागि अनकुल इकोसिस्टम सिर्जना गर्ने विभिन्न कानूनी तथा नीतिगत सुधारहरु गरिरहेको छ । स्टार्टअपलाई प्रवद्र्धन गर्न परियोजनामा आधारित कर्जा र अनुदान उपलब्ध गराउने युवा उद्यमी र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई सहयोग गर्ने कोष स्थापना गर्ने र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने जस्ता कार्य कार्यान्वयन गराउन लागेको छ । वाणिज्य मन्त्रालयले व्यवसाय संवद्र्धन केन्द्र कार्यविधि तयार गरी सरोकारवाला निकायहरुसँग रायसुझावको लागि पठाएको छ । स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयारी गरी विभिन्न छलफल गरी रहेको छ । सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्नेछ ।’

उहाँले स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयारी गरी रहेको पनि बताउनु भयो । मन्त्री रिजालले सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);