सन्नी देओलको ‘गदर २’ ले हलचल मच्चायो, फिल्म ५०० करोडको यात्रामा | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

सन्नी देओलको ‘गदर २’ ले हलचल मच्चायो, फिल्म ५०० करोडको यात्रामा

एजेन्सी,१० भदौ । सन्नी देओल र अमिषा पटेल अभिनित फिल्म गदर २ लाई दर्शकहरुले रुचाइरहेका छन् । फिल्मले ४०० करोडको आँकडा पार गर्दै अब ५०० करोड नजिक पुग्दै छ । दोस्रो हप्ताको शुरुवाती दिनमा फिल्मको कलेक्सनमा गिरावट देखिएको थियो तर ‘गदर २’ ले राम्रो कमाई गर्दै ४०० करोड नाघेको छ ।

तारा सिंह, सकिना र छोरा तीजयको कथाले दोस्रो हप्ता पनि प्रेम बटुलिरहेको छ। पाकिस्तानबाट छोरालाई भारत फर्काउन गएका तारा सिंहले यस्तो हंगामा मच्चाए कि बक्स अफिसमा ठूला नोट छापियो । चलचित्रले १३ औं दिन करिब १० करोड कमाउन सफल भएको छ । योसँगै फिल्मको कुल कलेक्सन ४१० करोड ७० लाख रुपैयाँ पुगेको छ ।
यसैबीच, विश्वव्यापी कमाईको हिसाबले यो फिल्म रजनीकान्तको ‘जेलर’भन्दा एक करोड मात्र टाढा छ । फिल्मले विश्वभर ५२२ करोड ८ लाख कमाएको छ । जहाँ इन्डिया ग्रासको कुरा गर्ने हो भने फिल्मले ४७२.८ करोड कमाएको छ ।

बक्स अफिसको कलेक्शन हेर्दा यो सर्वाधिक कमाउने हिन्दी फिल्मको वरियतामा चौथो नम्बरमा आएको छ । गदर २ ले यसअघि ‘दंगल’ र ‘वार’ को कीर्तिमान तोडेपछि अब यो फिल्म ‘पठान’ र ‘बाहुबली’को रेकर्ड तोड्नेतर्फ अघि बढेको छ ।

अनिल शर्माद्वारा निर्देशित गदर २ सन् २००१ मा आएको फिल्म गदरः एक प्रेम कथाको सिक्वेल हो । चलचित्रमा तीजे (उत्कर्ष शर्मा) आर्मीमा भर्ना हुन चाहेको देखाइएको छ । ऊ जागिरको लागि घर छोड्छ, तर कुनै कारणले पाकिस्तानमा फसेको छ । तारा सिंह (सनी देओल) आफ्नो छोरालाई बचाउन र पाकिस्तानबाट भारत फर्काउनको लागि धेरै प्रयास गर्छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);