वहालवाला सचिव राउतविरुद्ध पनि मुद्दा चलाउने सरकारी वकिलको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

वहालवाला सचिव राउतविरुद्ध पनि मुद्दा चलाउने सरकारी वकिलको निर्णय

काठमाडौं, १० भदौ । ललिता निवास जग्गा प्रकरणमा सरकारका वहालवाला सचिव कृष्णबहादुर राउतलाई पनि सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर बुझाएको प्रतिवेदनमा उनीमाथि मुद्दा नचलाउन सुझाव दिएको थियो ।

सीआईबीको सल्लाहविपरित राउतविरुद्ध लिखत किर्तेको कसुरमा मुद्दा चलाउने निर्णय गरेको बुझिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सीआईबीले २ सय ८६ आरोपीलाई संगठीत अपराध र किर्तेको कसुरमा मुद्दा चलाउने राय दिएको थियो ।

तर सरकारी वकिलको कार्यालयले भने संगठित अपराधको कसुरमा पनि मुद्दा नचलाउने निर्णय गरेको छ । सो प्रकरणमा अनुसन्धानका लागि राउतलाई २४ असारमा पक्राउ गरेपनि पछि सर्वोच्चको आदेपछि रिहा भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);