संसदीय समितिको सभापति बन्लान् भानुभक्त जोशी ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

संसदीय समितिको सभापति बन्लान् भानुभक्त जोशी ?

काठमाडौँ,१० भदौ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठकमा संसदीय समितिका सभापति चयनबारे छलफल भइरहेको बुझिएको छ ।

पार्टी कार्यालयमा साढे आठ बजेबाट बैठक सुरु भएको हो ।

सत्तागठबन्धनमा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पाउने सहमति भैसकेको छ ।

सो सहमति अनुसार समितिको सभापतिमा पार्टीले बझाङका सांसद भानुभक्त जोशीलाई उम्मेदवार बनाउने चर्चा चलिरहेको स्रोतले जनाएको छ ।

समितिको निर्वाचन भोलि हुँदैछ । आज उम्मेदवारको मनोननयको लागि ४ बजेसम्म समय तोकिएको छ ।

Leave a Reply