काठमाडौँ, १० भदौ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू डेंगु सङ्क्रमित भएका छन् । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेंगु सङ्क्रमण देखिएपछि उपचारका लागि उनलाई वीर अस्पताल भर्ना गरिएको छ ।
मन्त्री लिम्बूको वीर अस्पतालका डा धुर्व गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको बुझिएको छ ।
मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए । उनले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिए ।