सिन्ह्वा / नान । टर्कीको केन्द्रिय बैंकले बिहीवार उच्च मुद्रास्फिति र मुद्राको उत्तारचढावबिरुद्ध बैंकको ब्याजदर २५ प्रतिशत पु¥याएको छ ।
मौद्रिक नीति समितिले १७.५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने निर्णय गरेको टर्कीको केन्द्रिय बैंकले जनाएको हो । हालका सूचकहरुअनुसार देशको मुद्रास्फिति अत्याधिक बढेको छ ।
मुद्रास्फितिमा सुधार नहुन्जेलसम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ । बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न टर्कीले जुन महिनादेखि जुलाइसम्म आफ्नो नीति दर दुई पटक बढाएको छ ।
जुन २२ मा केन्द्रिय बैंकले बैंकको ब्याजदर ८.५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको थियो । जुलाई २० मा १५ बाट बढाएर १७.५ प्रतिशत पु¥याइएको थियो ।