काठमाडौं, ८ भदौ । शुक्रबार नेपाल विद्युत प्राधिकरणको वनस्थलीस्थित कार्यालयमा आगलागी भएको छ । कार्यालय भवनको तेस्रो तलामा लागेको आगो नियन्त्रणमा आइसकेको छ ।
काठमाडौं महानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट कति क्षति भयो त्यो भने खुलेको छैन ।
विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।