भगवान विष्णुले सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

भगवान विष्णुले सबैको रक्षा गरुन, हेर्नुहोस् आजको राशिफल

काठमाडौं,८ भदौ । आज २५ अगस्ट, बिहीबार । आज सबै राशिका लागि महत्वपूर्ण रहनेछ । केही राशिका लागि आजको दिन राम्रो रहनेछ । केही राशिका व्यक्तिहरूले व्यापारमा उतार–चढाव देख्नेछन्। आजको राशिफल पढ्नुहोस् र थाहा पाउनुहोस् तपाईको आजको दिन कस्तो रहनेछ ।

मेष राशि
आजको दिन अस्थिर रहनेछ, स्वास्थ्य बिग्रन सक्छ। घरपरिवारमा आकस्मिक घटना घट्ने सम्भावना छ । केही दुःखद समाचार प्राप्त हुनेछ, व्यापारमा घाटा बेहोर्नु पर्नेछ। सवारी साधन आदि सावधानीपूर्वक प्रयोग गर्नुहोस्।

वृष राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ, तपाईले केहि नयाँ काम सुरु गर्न सक्नुहुनेछ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । इष्टमित्र तथा आफन्तको पूर्ण सहयोग मिल्नेछ । परिवारका साथ घुमघाम आदिमा जान सकिनेछ। आज विशेष व्यक्तिसँग भेटघाटले तपाईका लागि लाभको नयाँ बाटो खोल्नेछ।

मिथुन राशि
आज तपाईं लामो यात्रा आदिमा जान सक्नुहुन्छ। सवारी साधन आदिको प्रयोगमा सावधानी अपनाउनुहोला । कुनै विशेष कामको अभावले तपाईलाई समस्या पर्न सक्छ। कुनै पनि चिनजानका साथ वादविवाद बढ्न सक्छ। परिवारमा प्रियजनको सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा घाटा बेहोर्नु पर्नेछ । व्यापारमा ठूलो रकम लगानी गर्नुहुन्छ भने राम्ररी सोचेर निर्णय लिनुहोस्।

कर्कट राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ, तपाई कुनै धार्मिक यात्रा आदिमा जान सक्नुहुन्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ, जसका कारण भविष्यमा लाभको सम्भावना छ। व्यापार–व्यवसायमा कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । आज तपाईले ठूलो सम्झौता वा साझेदारी पाउन सक्नुहुन्छ। परिवारमा प्रियजनको सहयोग मिल्नेछ, सम्मान बढ्नेछ।

सिंह राशि
आज तपाईको सामान्य दिन रहनेछ। विशेष व्यक्तिसँग भेटघाट हुने सम्भावना छ, जसका कारण व्यवसाय आदि क्षेत्रमा लाभ मिल्नेछ। आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ । सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ । परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । परिवारसँग घुम्न जान सकिनेछ, नयाँ घर किन्न सकिनेछ ।

कन्या राशि
तपाईको लागि आजको दिन खुशीले भरिपूर्ण रहनेछ। कार्यक्षेत्रमा मिहिनेत गरिरहनुभएको छ भने आज सफलता मिल्नेछ । आज पदोन्नति हुनसक्छ । व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । स्वास्थ्यमा केही उतारचढाव आउनेछ। परिवारका सदस्यहरु माझ मान सम्मान बढ्नेछ। आज तपाईले परिवारको लागि ठूलो निर्णय लिन सक्नुहुन्छ, जसको प्रभाव आगामी दिनमा देखिनेछ।

तुला राशि
आजको दिन तपाई आफ्नो स्वास्थ्यको कारण केहि चिन्तित रहन सक्नुहुन्छ। लामो यात्रामा जाने अवसर मिल्नेछ । आज कुनै विशेष कामका लागि प्रतिद्वन्द्वीका अगाडि झुक्नु पर्नेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ, नयाँ कामको थालनी गर्न सकिनेछ । परिवारमा प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ।

वृश्चिक राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। तपाईंले लामो समयदेखि सोचेको काम आज कुनै विशेष व्यक्तिको माध्यमबाट पूरा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ, व्यापारमा आर्थिक लाभ हुनेछ। नयाँ कार्य योजना बनाइनेछ। परिवारमा प्रियजनको साथ र सहयोग रहनेछ। पत्नीसँगको मनमुटाव समाधान हुनेछ ।

धनु राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। तपाईं कुनै षड्यन्त्रको शिकार हुन सक्नुहुन्छ। व्यापारमा घाटा बेहोर्नु पर्नेछ । कुनै नयाँ कामको थालनी गर्न चाहनुहुन्छ भने यो समय उपयुक्त छैन । घरपरिवारमा सम्पत्तिको विषयमा विवादको वातावरण रहनेछ। सम्मानमा कमी आएको महसुस हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला, दुर्घटना हुनसक्छ ।

मकर राशि
आज नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । यसका साथै आज स्वास्थ्यमा लाभको अनुभूति हुनेछ। व्यापार–व्यवसायमा सहकर्मीको सहयोग मिल्नेछ । कार्यक्षेत्रमा आज कुनै ठूलो काम हात पार्न सकिनेछ । जागिर वर्गले पदोन्नति पाउन सक्नेछन् । परिवारमा माहौल राम्रो रहनेछ। परिवारका सदस्यहरूसँग बाहिर निस्कन सकिनेछ।

कुम्भ राशि
आजको दिन तपाईको लागि धेरै राम्रो रहनेछ। सोचेका काम सम्पन्न हुनेछन्, सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । मौसमको कारणले स्वास्थ्यमा समस्या आउन सक्छ तर आज तपाईलाई व्यापारमा ठूलो सफलता मिल्नेछ। तपाईंको रोकिएको काम फेरि सुरु हुन सक्छ। काममा ठूलो साझेदारी हुन सक्छ। परिवारमा शुभ कार्य हुनेछ, मान सम्मान बढ्नेछ।

मीन राशि
आजको दिन तपाईको उतारचढावको दिन रहनेछ। पैसाको सम्बन्धमा साथीभाइसँग विवाद हुन सक्छ, जसका कारण आपसी मनमुटावको स्थिति सिर्जना हुनेछ। एकै समयमा, तपाईंले स्वास्थ्यमा गिरावट महसुस गर्नुहुनेछ। कार्यक्षेत्रमा घाटा हुन सक्छ । ठुलो प्रस्ताव तपाईको हातबाट खस्न सक्छ। परिवारका सदस्यहरूसँग केही विषयमा मतभेद बढ्न सक्छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);