वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढेको छः नेपाल प्रहरी | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठग्ने क्रम बढेको छः नेपाल प्रहरी

nepal-police

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी हुने क्रम बढ्दै गएको भन्दै सचेत रहन आग्रह गरेको छ ।

बिहीवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले यस बारेमा नागरिकहरु सचेत हुनुपर्ने बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले पार्सल तथा डलर पठाइ कर बापतको रकम जम्मा गर्न लगाइ ठगि गर्ने क्रम पनि बढेको बताउनु भयो ।

उहाँले सबैभन्दा धेरै उजुरी र निवेदन वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगि गरिएको बताउनु भयो । उहाँले बैंक खातामा अनधिकृत पहुँच पु¥याइ रकम ठगि गर्ने क्रम बढेको भन्दै सचेत गराउनु भयो ।

उहाँले मोबाइल चोरीको निवेदन पछिल्लो समय बढ्दै गइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);