सुन तस्करसँगको सम्बन्धबारे खुलासा भएपछि अध्यागमनका महानिर्देशक अधिकारी मन्त्रालय तानिए | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

सुन तस्करसँगको सम्बन्धबारे खुलासा भएपछि अध्यागमनका महानिर्देशक अधिकारी मन्त्रालय तानिए

काठमाडौँ । सुन तस्करीमा संलग्न दावा छिरिङसँग सम्बन्ध रहेको खुलासा भएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई मन्त्रालयमा तानिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका दाबा र अधिकारीबीच विच्याटमा भएको कुराकानी सिधाकुरा डटकम अनलाईन मिडियाले बुधबार सार्वजनिक गरेको थियो ।

विच्याटमा प्रस्टै दुबैजनाविच सामान ओसारपसार र रकम लेनदेनको कुराकानी भएको देखिन्छ । मन्त्रालयमा तानिएका उनी सीआईबीको अनुसन्धानको दायरामा समेत आउने बुझीएको छ ।

यसबारे बुधबारको संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संकेत गरेका थिए । Photo:Sidhakura

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);