काठमाडौं, ७ भदौ । गायिका समिक्षा अधिकारीको अष्ट्रेलियाको भिसा रद्द भएको छ । कहिल्यै जान नपाउने गरि बाहिर हल्ला भएअनुसार नभई एक वर्षका लागि समिक्षाले पाएको भिसा रद्द भएको बुझिएको छ ।
समिक्षाको भिषा रद्द हुनुको कारण उनकी दिदी भएको बताइएको छ । यसअघि अष्टेलियाका यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकरको रुपमा दिदीलाई अष्ट्रेलिया लगेकी थिइन् । फर्किदा उनी मात्र आइन् दिदीलाई उतै छाडेकोले अहिले उनको भिसा रद्द गरेको बताइन्छ ।
अहिले फेरी तीजको कार्यक्रमका लागि समिक्षा अष्ट्रेलिया जाने तयारीमा थिइन् । एकजना केयर टेकर आवश्यकता पर्ने भन्दै उनले आवेदन दिएकी थिइन् ।