त्रिशुली बस दुर्घटनामा मृत्यु हुने सबैजनाको सनाखत (नामावलीसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

त्रिशुली बस दुर्घटनामा मृत्यु हुने सबैजनाको सनाखत (नामावलीसहित)

काठमाडौं, ७ भदौ । काठमाडौंबाट म्याग्दीको बेनी जादै गरेको बस धादिङस्थित गजुरीको चालिसेमा खस्दा मृत्यु भएका आठै जनाको सनाखत भएको छ ।

मृतकहरूमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थान बहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २० वर्षीय शुसिल रम्तेल र १६ वर्षीय सबिन रम्तेल, पर्वतको जलजला गाउँपालिका–६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतको धौलागिरी गाउँपालिका–५ का ७२ वर्षीय टेक बहादुर छन्त्याल रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान ११ बजे बस त्रिशुली नदीमा खसेको थियो । दुर्घटनाबाट १७ जनाको उद्धार गरिएको थियो, जसमध्ये ४ जनाको धादिङ अस्पतालमा र १३ जनालाई थप उपचारका लागि काठमाडौ लगिएको छ । उनीहरुको अहिले उपचार भइरहेको छ ।

बसमा २३ जना सवार रहेको बुझिएको छ । बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ बजे दुर्घटनामा परेको थियो । पृथ्वीराजमार्ग अन्तर्गतको गजुरीको छहरानजिक बस खस्दा ६ पुरुष र २ महिलाको मृत्यु भएको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);