धादिङ बस दुर्घटना अपडेट : १३ जना घाइतेलाई काठमाडौं ल्याइयो | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

धादिङ बस दुर्घटना अपडेट : १३ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं, ६ भदौ । काठमाडौंबाट म्याग्दीको बेनी जादै गरेको बस धादिङस्थित गजुरीको चालिसेमा खस्दा ८ जनाको मृत्यु भएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन् ।

बिहान ११ बजे त्रिशुलीमा खसेको बस अहिलेसम्म १७ जनाको उद्धार भएको छ । जसमध्ये ४ जनाको धादिङ अस्पतालमा र १३ जनालाई थप उपचारका लागि काठमाडौ लगिएको छ ।

बसमा २३ जना सवार रहेको बुझिएको छ । बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो ।

प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान ११ बजे दुर्घटनामा परेको थियो । पृथ्वीराजमार्ग अन्तर्गतको गजुरीको छहरानजिक बस खस्दा ६ पुरुष र २ महिलाको मृत्यु भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Photo : Arjun Thapa

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);