राष्ट्रिय दलहरुका शीर्ष नेताहरुको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

राष्ट्रिय दलहरुका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं, ६ भदौ । सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसीरहेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनका लागि कार्यविधि बनाउने जिम्मा दिएका तीन दलका नेताहरुले तयार पारेको कार्यविधिमाथि बैठकमा छलफल हुनेछ ।

मंगलबार नै बैठक बसेर कार्यदिशा बनाउने तयारी भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि बैठक आजलाई सारिएको हो । ओली मंगलबार दिउँसो बिरामी भएको कारण देखाएर बैठकमा उपस्थित भएनन् ।

मंगलबार बिहान एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ,कांग्रेस प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका सचेतक हितराज पाण्डे रहेको कार्यदलले समितिको कार्यदेशबारे मोटामोटी छलफल गरेको थियो । सोही छलफललाई अन्तिम रुप दिने हिजै तयारी गरिएको थियो ।

साथै संसदको अवारेध हटाउने बारेमा पनि छलफल हुनेछ । कार्यविधि तीन शीर्ष नेताबाट पारित भए संसद अवरोध हट्ने छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);