कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भए हुन मानेट, ५१ सदस्यीय मन्त्रीपरिषद् बिस्तार | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भए हुन मानेट, ५१ सदस्यीय मन्त्रीपरिषद् बिस्तार

सिन्ह्वा / नान । कम्बोडियाको राष्ट्रिय सभाबाट हुन मानेट पाँच वर्षको कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।

मंगलवार हुन मानेटलाई कम्बोडियाको राष्ट्रिय सभाले पाँच वर्षको कार्यकालको लागि नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो । उहाँ कम्बोडियन पिपुल्स पार्टी (सिपिसी) को नेता हुनुहुन्छ । सिपिसीले जुलाई २३ को आम चुनावमा ठूलो जित हासिल गरेको थियो ।

राष्ट्रिय सभा बैठकमा उपस्थित करिव १२३ सांसदले उहाँलाई नयाँ प्रधानमन्त्रीको लागि मत दिएका थिए । राष्ट्रिय सभाले सन् २०२३ देखि २०२८ सम्मको कार्यकालका लागि हुन मानेटको नयाँ मन्त्रीपरिषद् सदस्यहरुलाई समेत अनुमोदन गरेको छ । मतदानबाट निर्वाचित भएसँगै सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मानेटले कम्बोडियाको लागि आजको दिन ऐतिहासिक दिन भएको बताउनु भयो । उहाँले आफू र आफ्नो मन्त्रीपरिषद्लाई विश्वासको मत दिएकोमा न्यवाद ज्ञापन गर्नुभएको थियो ।

उहाँले देशको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, शान्ति स्थायित्व, सुरक्षा र जनताको रक्षा गर्नुका साथै अर्थतन्त्र थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मानेट नेतृत्वको नयाँ मन्त्रीपरिषद्मा १० उपप्रधानमन्त्री, ११ वरिष्ठ मन्त्री र ३० जना मन्त्रीहरु रहेका छन् ।

उनीहरुले आज दिउँसो राजाको राजदरबारमा नोरोदोम सिहामोनीसँग शपथ लिनेछन् । ४५ वर्षीय मानेटले ३८ वर्षभन्दा बढी प्रधानमन्त्री भएका आफ्ना ७१ वर्षीय पिता सम्देच टेको हुन सेनको उत्तराधिकारीका रुपमा काम अघि बढाउनु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);