जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

जितुको हास्यव्यंग्य गाईजात्रा २०८० मा देउवाले देश छोडेर जाँदै

काठमाडौं । हास्यव्यंग्य कलाकार जितु नेपालले मुन्द्रेको कमेडी क्लव अपेक्षा गरेअनुसार नचलेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा जितुको हास्यव्यंग्य गाईजात्रा २०८० को बारेमा आयोजित पत्रकार भेटघाटका क्रममा उहाँले सो बारेमा जानकारी दिनुभएको हो । उहाँले दर्शक कम हुनुमा उस्तै कमेडी विधाका अन्य कार्यक्रमहरु बाँडिनु रहेको बताउनु भयो । उहाँले तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कमी आएको बताउनु भयो । उहाँले पहिला ठूलो सेटमा कार्यक्रम गर्ने गरेको तर अहिले खुम्चिएर सानो सेटमा कार्यक्रम गर्न बाध्य भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अपेक्षा गरेअनुसारको पहिलो र दोस्रो आइसकेको छैन । कार्यक्रमहरु यस्तै धेरै बाँडिरहेका छन् । तुलनात्मक रुपमा पहिलाको जस्तै युट्युबमा भ्युअर्समा कम छ । ठूलो सेटमा कार्यक्रम गरेको थिएँ, अहिले सानो सेटमा गर्दै जानुपरेको छ । खुम्चिँदै गयौँ । पहिलाको जस्तो अवस्था छैन ।’

उहाँले गाईजात्रामा आफूले राजनीतिक र समसामयिक विषयवस्तुहरु उठान गरेको बताउनु भयो । उहाँले राजनीतिक नेताहरुलाई व्यंग्य गर्ने काममा मात्रै गाईजात्रा सकियो नि ? भन्ने सिने पत्रकारको प्रश्नमा उहाँले गाईजात्रा पहिलाबाट नै राजनीतिक रुपमा व्यंग्य गर्ने गरेको बताउनु भयो । अभिनेता नेपालले अन्य बेलामा अन्य विषय र कलाकारहरुलाई व्यंग्य गर्नसकिने तर राजनीतिप्रति खुलेर व्यंग्य गर्न पाइने एउटै अवसर गाईजात्रा भएकाले पनि नेताहरुलाई बढी व्यंग्य गरेको बताउनु भयो । उहाँले गाईजात्राको भिडियोमा काँग्रेस सभापति शेरबहादुर देउवा देश छोडेर विदेश पलायन भएको विषयवस्तु उठाइएको बताउनु भयो । साथै अन्य नेताहरु पनि देश देशलाई खाल्डोमा हालेर देश छोडेर विदेश पलायन भएको लगायतका विषयवस्तुहरुमाथि व्यंग्य गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ हास्य कलाकार सुरेन्द्र केसी (मुला साग) ले मुन्द्रेको कमेडी क्लव बिस्तारै मैदानमा खरो उत्रिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुन्द्रको कमेडी क्लव चलिरहेको छ । उ खेलाडी हो, मैदानमा छ, कति फल भए, कति गोल भए, कति प्रयास भए, कति असिस्ट भए । तर मैदानमा नै छ उ, मैदानबाट भागेको छैन ।’

गाईजात्रा २०८० नजिकिएसँगै कलाकारहरु हास्यव्यंग्यमार्फत समाज, देश र विदेशका राजनीतिक, समसामयिक विषयवस्तुमाथि व्यंग्यात्मक कार्यक्रम लिएर आउन थालेका छन् । गाईजात्राको अवसरमा हरेक वर्ष कलाकारहरुले आफ्ना व्यंग्यात्मक प्रश्तुती दर्शक र श्रोतामाझ पस्किँदै आएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);