समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरीः प्रदीप ज्ञवाली | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरीः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरुले बहस गर्न जरुरी रहेको बताउनुभएको छ ।

स्कुल अफ डेमोक्रेसीले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुले सत्तामा नभई संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्रबारे बहस गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले आजको समाजवादबारे सार्थक बहस गर्न स्वर्गीय प्रदिप गिरीको चिन्तन उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले नेपाली राजनीतिमा बौद्धिकताको खडेरी परिरहेका बेला स्वर्गीय गिरीले दिनुभएको अभिव्यक्ति, लेखहरु नेपालको समाजवाद उन्मुख अर्थतन्त्रलाई अगाडि बढाउन मार्ग निर्देश हुने समेत बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले नेपालका राजनीतिक नेतृत्वमा स्खलन आइरहेका बेला पनि स्वर्गीय गिरीको असाध्यै आदर्शवान व्यक्तित्व हुनुहुन्थ्यो भनि स्मरण गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले प्रदीप गिरीको आर्दश र विचारले मुलुकको राजनीतिलाई निर्देश गरिरहेको दाबी समेत गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);