५ एआईजीको सरुवा, उपत्यका प्रहरी प्रमुखमा दीपक थापा | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

५ एआईजीको सरुवा, उपत्यका प्रहरी प्रमुखमा दीपक थापा

काठमाडौं, ३ भदौ । सरकारले उपत्यका प्रहरी प्रमुखसहित ५ अतिरिक्त महानिरिक्षक (एआईजी) को सरुवा गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान जारी रहेकै बेला उनीलाई अकस्मात सरुवा गरिएको हो । उनीहरु पदस्थापन भएको ५ महिना पनि पुगेको छैन् ।

अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय प्रशासन विभागका दीपक थापालाई उपत्यका प्रहरीको नेतृत्वमा ल्याइएको छ ।

त्यस्तै, ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा गरिएको छ । त्यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभागमा तानिएका छन् । मानवस्रोतका सन्दीप भण्डारी प्रतिष्ठानमा सरुवा गरिएको छ । कार्य विभाग प्रमुख मीरा चौधरीलाई प्रशासन विभागमा लगिएको छ ।

एआईजी अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङ, प्रदेश समन्वय विभागका सुदीप गिरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यको जिम्मेवारी भने यथावत् राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);