गगन लक्षीत रविको कटाक्ष– जेल गएकालाई पार्टीबाट निकाल्न नसक्नेले सुध्रिने गफ नदिए हुन्छ | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

गगन लक्षीत रविको कटाक्ष– जेल गएकालाई पार्टीबाट निकाल्न नसक्नेले सुध्रिने गफ नदिए हुन्छ

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३२ वर्षदेखि पुराना दलहरुले जनता ठग्ने धन्दा चलाइरहेको आरोप लगाएका छन् ।

झापामा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो आरोप लगाएका हुन् । उनले यस्तो ठगिको शिलशिलालाई अब बन्द गर्नुपर्ने बताए । ‘किस्ताकिस्तामा होइन् अब एक पटक यो बन्द गर्नुपर्छ,’ उनले भने ।

लामिछानेले एकपछि अर्को भ्रष्टाचारका काण्ड बाहिरिदा ठूला दल ठूला नेताहरुलाई अहिले ‘सिल्पीङ ट्याब्लेटले पनि निद्रा नलागेको टिप्पणी गरे । २०८४ सालको निर्वाचनमा बहुमत ल्याएर भ्रष्ट्रहरुलाई एकएक गरेर जेल हाल्ने उनको दाबी थियो ।

उनले रास्वपाका २१ जना सांसद भ्रष्टाचारीहरुको कानको जाली फुट्ने गरेर कराउन पर्याप्त रहेको भन्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको बयान नलिने कुरा मान्ने हुननसक्ने बताए ।

लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रति लक्षित गर्दै भ्रष्टहरुलाई पालेर हामी सुध्रीन्छौं भन्दै जनता नझुक्याउन चुनौती समेत दिए । ‘पुरा दलका जोसिला युवा नेताहरुले भाषण गरेको सुन्छु अब हाम्रो पार्टी त्यसरी चल्दैन्ु, परिवर्तन हुनुपर्छ, सुध्रीने हो ? सुध्रीने हो भने भ्रष्टाचारको आरोप लागेकालाई पार्टीबाट निस्कासन गरेर देखाउनुहोस न पहिला,’ उनले भने ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);