प्राधिकरणको प्रगतिमा देशको भविष्य जोडिएको छ : प्रधानमन्त्री प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

प्राधिकरणको प्रगतिमा देशको भविष्य जोडिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दुई वर्षभित्र सबै नेपाली जनताको घरदैलोमा विद्युत पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सोहीअनुरूप अपेक्षित लक्ष्य हासिल गर्न प्राधिकरण सफल हुनेमा आफू विस्वस्त रहेको स्पष्ट पारे ।

यसबाट आम जनताको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने र स्थानीय अर्थतन्त्रले समेत उल्लेख्य गति लिने उनको दाबी छ ।  सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत माग बृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

साथै बढी विद्युत खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिएको उनले सुनाए ।

प्राधिकरणको प्रगतिमा देशको उज्ज्वल भविष्यसमेत जोडिएको भन्दै प्रचण्डले भने,‘यो संस्थाले जनतालाई गुणस्तरीय सेवा दिन, कम लागतमा आयोजनाहरू निर्माण गरी विद्युतको मूल्य नियन्त्रण गर्न, औद्योगिक विकासका लागि पर्याप्त गुणस्तरीय विद्युत उपलब्ध गराउन आफूलाई अब्बल सावित गर्नु आजको प्रमुख जिम्मेवारी हो । यसतर्फ आवश्यक श्रोत व्यवस्थापन लगायत सरकारका तर्फबाट नेपाल विद्युत प्राधिकरणलाई पु¥याउनुपर्ने अन्य कुनै पनि सहयोगमा कमी हुन नदिन म पूर्ण प्रयासरत र प्रतिबद्ध रहनेछु ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);