आज शुक्रबार,सन्तोषी माताले सबैको रक्षा गरुन,हेरौं आजको राशिफल | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

आज शुक्रबार,सन्तोषी माताले सबैको रक्षा गरुन,हेरौं आजको राशिफल

काठमाडौं, १ भदौ । आज १८ अगस्ट २०२३, शुक्रबार, श्रावण महिनाको शुक्ल पक्षको दोस्रो तिथि हो । आजको दिन केही राशिका लागि उतारचढावले भरिपूर्ण रहनेछ । यस दिन केही राशिका व्यक्तिहरूलाई आर्थिक क्षेत्रमा लाभ मिल्नेछ भने केही राशिका व्यक्तिहरूले पारिवारिक तथा व्यापारिक क्षेत्रमा तनावको सामना गर्नुपर्नेछ।

मेष राशि
आजको दिन राम्रो रहनेछ, नयाँ परियोजनामा काम गर्न सकिनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। मौसमी रोगको चपेटामा पर्न सक्छ। आज नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । परिवारमा शुभ कार्यको अवसर मिल्नेछ । यात्रा आदिमा जाने सोच बन्न सक्छ ।

वृष राशि
तपाईको स्वास्थ्यको कारणले आज केहि चिन्तित रहन सक्छ। अत्याधिक कामका कारण शारीरिक थकान वा मानसिक तनावले सताउन सक्छ। कार्यक्षेत्रमा आर्थिक अवस्था राम्रो रहनेछ । रोजगारीका नयाँ अवसरहरू प्राप्त हुनेछन्। श्रीमतीसँगको मनमुटाव समाधान हुनेछ ।

मिथुन राशि
आज अदालतमा चलिरहेको काममा जित मिल्नेछ, जसका कारण समाजमा हराएको इज्जत मिल्नेछ। व्यापार–व्यवसायमा आज ठूलो साझेदारी सम्झौता हुन सक्छ, जुन आगामी समयमा लाभदायक हुनेछ। परिवारका सदस्यहरुसँगको मनमुटाव समाधान हुनेछ । यात्रा आदिमा जान सकिनेछ ।

कर्कट राशि
आज तपाईले आफ्नो व्यक्तिगत जीवनमा एउटा ठूलो निर्णय लिनु भएको छ, जसको प्रभाव तपाईको सम्पूर्ण जीवनमा देखिनेछ। व्यापारमा लाभको सम्भावना छ । कतैबाट ठूलो आर्थिक सहयोग प्राप्त हुन सक्छ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। श्रीमती तथा सन्तानको स्वास्थ्य बिग्रन सक्छ । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

सिंह राशि
आज केहि महत्वपूर्ण कामहरु सम्हाल्न सकिनेछ । बैंक आदि कर्जामा ठूलो राहत पाउन सक्नुहुन्छ। जसका कारण तपाईको आर्थिक अवस्था राम्रो हुनेछ । नयाँ सम्पत्ति आदि किन्न प्रयास गर्न सक्नुहुन्छ। व्यापार–व्यवसायमा नयाँ सम्झौता हुनसक्छ । परिवारमा सबैको सहयोग मिल्नेछ ।

कन्या राशि
आज तपाईको दिन उतार चढावले भरिपूर्ण रहनेछ। सन्तान तथा उनीहरुसँग सम्बन्धित समस्याका कारण मानसिक रुपमा विचलित रहनुहुनेछ । आर्थिक स्थितिमा गिरावट आउनेछ। व्यापार इत्यादिमा सहयोगीहरूले तपाईलाई टाल्नेछ, जसका कारण स्थिति बिग्रन सक्छ। श्रीमती तथा सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला । निरुत्साहित र निराश नहुनुहोस्।

तुला राशि
आज तपाईले कुनै पनि ठूलो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ। जुन कारणले तपाई धेरै दिनदेखि समस्यामा हुनुहुन्थ्यो, आज त्यसबाट मुक्ति मिल्नेछ । परिवारमा स्वास्थ्यमा केही समस्या आउन सक्छ। व्यापार–व्यवसायमा ठूलो लगानी गर्न सकिनेछ । ठूलो आर्थिक सहयोग प्राप्त गर्न सकिनेछ । जसका कारण आर्थिक अवस्था मजबुत हुनेछ ।

वृश्चिक राशि
आज तपाईको श्रीमतीसँग केहि कुरामा झगडा हुन सक्छ। सासुरा पक्षका कारण घरमा केही पारिवारिक समस्या आउन सक्छ। सम्बन्ध जोगाउन विवादबाट टाढा रहनुहोस्। व्यापार–व्यवसायमा साथीभाइबाट राम्रो सहयोग मिल्नेछ, जसका कारण काममा सफलता मिल्नेछ । आर्थिक स्थितिमा बल मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। परिवारमा कसैको दुखद समाचार प्राप्त हुन सक्छ।

धनु राशि
आज ठुलो यात्रामा जानु भएको छ भने सवारी साधनको प्रयोग गर्दा होसियार रहनु होला अन्यथा चोट लाग्न सक्छ । मातापिताको स्वास्थ्यका कारण चिन्तित रहन सक्छ । आर्थिक अवस्था पनि बिग्रन सक्छ । नोकरी तथा व्यवसायमा साथी वर्गबाट विरोधको सामना गर्नुपर्ने हुन सक्छ। परिवारमा पैतृक सम्पत्तिको बाँडफाँड हुन सक्छ।

मकर राशि
आज तपाईलाई केहि नयाँ गर्न मन लाग्नेछ। कुनै नयाँ कार्यको लागि ठूलो कार्य योजना बनाउन सक्नुहुन्छ, जसमा विशेष व्यक्तिको सहयोगमा सफलता मिल्नेछ। तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। शेयर बजार वा सम्पत्तिमा ठूलो लगानी गर्न सकिनेछ । परिवारमा शुभ कार्यको सम्भावना रहनेछ ।

कुम्भ राशि
आज तपाईको कुनै पनि मनोकामना पूरा हुनेछ । साथै श्रीमतीसँग मिलेर परिवार नियोजन गर्न सक्नुहुन्छ । मौसम अनुसार आजको दिन राम्रो रहनेछ। घर परिवार र बच्चाहरु संग तपाईको दिन शुभ रहनेछ। व्यापार व्यवसायमा लाभको स्थिति रहनेछ । परिवारमा मान सम्मान बढ्नेछ।

मीन राशि
आजको दिन शुभ रहनेछ । आम्दानीको क्षेत्रमा ठूलो सफलता मिल्नेछ । विशेष व्यक्तिको माध्यमबाट ठूलो काममा साझेदार बन्न सक्नुहुन्छ, जसले आर्थिक स्थितिमा सुधार आउनेछ। व्यापार व्यावसायमा लाभको सम्भावना रहनेछ । आज नयाँ घर, सवारी साधन खरिद गर्ने योजना बनाउन सकिनेछ। घरपरिवारमा श्रीमती र सन्तानसँग केही मतभेद हुन सक्छ।

Leave a Reply