काठमाडौं, ३० पुस । नेपाल टेलिकमले २८ महिनाभित्र देशभर फोरजी सेवा सञ्चालनमा ल्याउने जनाएको छ । नेपाल टेलिकमले १० औं वार्षिक साधारणसभाको अवसरमा आईतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका अध्यक्ष केदारबहादुर अधिकारीले २८ महिनाभित्र देशभर फोरजी सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको बताए ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिवसमेत रहेका उनले नौं महिना भित्र फोरजी सेवाका लागि प्राविधिक काम सम्पन्न गरिसक्न टेलिकम व्यवस्थापनलाई निर्देशन दिइएको जानकारी गराए ।
नेपाल टेलिकमले यस वर्ष १५ अर्ब ३७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या १७ प्रतिशत वृद्धि भएको टेलिकमले जनाएको छ ।