अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमीकको कार्यक्रमबारे प्रधानमन्त्रीले औपचारिक घोषणा गर्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमीकको कार्यक्रमबारे प्रधानमन्त्रीले औपचारिक घोषणा गर्दै

काठमाडौं, ३१ साउन । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्ने भएको छ । सो बारे आज प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक घोषणा गर्दै हुनुहुन्छ ।

प्रज्ञा भवन कमलादीमा आज बिहान १० बजे आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री दाहालले औपचारिक घोषणा गर्नुहुने भएको हो ।

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);