आज बागमतीसहित यी प्रदेशमा वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

आज बागमतीसहित यी प्रदेशमा वर्षा हुने

mausam bibhag

काठमाडौं,३१ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर ( नेपाल नजिक) रहेको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

त्यसैगरी, दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू–भागको केहि स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);