क्यानको अध्यक्ष बन्ने पारसको टार्गेट, जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्यमा चुनिए | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

क्यानको अध्यक्ष बन्ने पारसको टार्गेट, जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्यमा चुनिए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का काठमाण्डौ जिल्ला क्रिकेट संघको कार्यसमिति सदस्यमा चुनिएका छन् ।

आज भएको काठमाण्डौ जिल्ला क्रिकेट संघको चौंथो अधिवेशनबाट खड्का जिल्ला कार्यसमिति सदस्यमा चुनिएका हुन् । यसबारे खड्काले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । ‘आधिकारिक रुपमा नेपाल क्रिकेटको विकाश तथा विस्तारको लागि अघि बढ्न सहयोग गर्नुहुने सबैमा विशेष आभार प्रकट गर्न चाहान्छु,’ उनले भनेका छन् ।

लामो समय राष्ट्रिय टोलीलाई सम्हालेका खड्का क्यानको नेतृत्वमा संकेत गरेका छन् । उनले केहि समय यता खेल क्षेत्रमा देखिएको राजनीतिविरुद्ध आवाज उठाउँदै आएका छन् । देशभर भइरहेको जिल्ला अधिवशेनमा पनि उनले चाँसोको रुपमा हेरिरहेको बुझिएको छ ।

क्यानको केन्द्रीय निर्वाचन असोजमा हुँदैछ । खड्का उक्त निर्वाचनमा अध्यक्षका दाबेदार हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);