कक्षा १२ को नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।

बोर्डका अध्यक्ष डा शर्माले अहिले बोर्ड बैठक जारी रहेको र नतिजालाई वेबसाइडमा राख्ने काम भइरहेको जानकारी दिए।

परीक्षा गत बैशाख २६ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीहरुले फारम भरेका थिए ।

मन्त्रीस्तरीय बैठकले विद्यार्थीहरुले २ वा सो भन्दा कमल विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यसभन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र ३ वर्षसम्म परीक्षा दिन पाउने निर्णय गरेको छ ।

यो निर्णयपछि २ विषयभन्दा माथि विषयमा एनजी लाग्दा विद्यार्थीहरुलाई कक्षा दोहो¥एर पढ्न झन्झट हुने भएकोले पढाई छाड्ने विद्यार्थीहरुको लागि निकै लाभ हुने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);