आज दुई संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ३० साउन । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लगायतका विषयमा राष्ट्रिय सभाबाट स्वीकृत संकल्प प्रश्तावमा उल्लेखित विषयहरुको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक मध्यान्ह १२ बजे बस्नेछ । बैठकमा मधेस प्रदेशमा सम्पन्न कार्यक्रमको समिक्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आयोजना गरिने कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);