आज साउनको अन्तिम सोमवार, पशुपतिमा आरती हेर्नेको घुइँचो | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

आज साउनको अन्तिम सोमवार, पशुपतिमा आरती हेर्नेको घुइँचो

काठमाडौं । साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दिनभर दर्शनार्थीको भीड लागेको छ ।

यस वर्षको साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लागेको हो । यस वर्ष साउनमा ५ वटा सोमवार परेको थियो । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलुकाको आरती हुँदासम्म बसेका थिए । आरतीको समयमा आज पशुपतिमा हजारौं भक्तजनको सहभागिता रहेको थियो ।

साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ । साउनको सोमवार व्रत बसेर महादेवको पूजा–आराधना गरे मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ ।

भक्तजनहरुले पशुपतिनाथमा भजनकीर्तनसहित नाचगान समेत गरेका छन् । विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् । साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);