काठमाडौं, २९ साउन । आज कोशी,नारायणी,कर्णाली,बबई र यसका सहायक नदीको जलसतह केही घटबढ हुने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।
नदीको जलसतह केही घटबढ हुने भएकाले आसपासका क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज महाकाली नदीको जलसतह खतरा तह आसपास हुने रहेकाले तटिय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन सुचना जारी गरिएको छ । भोलिबाट भने नदीमा जलसतह घट्ने छ ।