काठमाडौं, २८ साउन । गत शुक्रबारदेखि देशभर वर्षा भइरहेको छ । तनहुँस्थित मर्स्याङदी नदी, बिमलनगर बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (१०.० मि) आसपास रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग महाशाखाले जलसतह बढ्न सक्ने भएकोले मर्स्याङदी नदीको तटीय क्षेत्र आसपासमा रहनेहरुलाई दिउँसो १ बजे सम्म सतर्कता अपनाउन आग्रह गरेको हो ।