काठमाडौं, २८ साउन । सर्लाहीमा पुलमुनि भेटिएको युवकको टाउकाको पहिचान खुलेको छ । मृतक भारतको सीतामाढी मनियारीका २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ ।
उनको टाउको काटिएको शरीर शनिबार साँझ लालबन्दी नगरपालिका–६ स्थित फुटबल चौरदेखि पूर्वतर्फको जंगलमा फेला परेको थियो । त्यसको २ दिन अघि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखन्देखीपुलमुनि युवकको टाउको मात्र फेला परेको थियो ।
अपराधिक गिरोहबाट हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । अभिषेक अन्य साथीसँगै घुम्नका लागि गत साउन २० गते सर्लाही आएका थिए । प्रहरीका अनुसार उनका साथीहरु अहिले सम्पर्कविहिन छन् ।
खोलाको बगरमा शरीर बिनाको भाँटी रेटिएको अवस्थामा टाउको मात्र देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।