२ कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

२ कैदीको मृत्युबारे छानबिन गर्न समिति गठन

काठमाडौं, २६ साउन । संखुवासभा कारागारमा दुुईपक्षबीच भएको झडपबारे छानबिन गर्न समिति गठन भएको छ । २ कैदीको मृत्यु छानबिन गर्न कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले बिहीबारदेखि काम थालनी गरेको हो ।

घटनाको अनुसन्धानका लागि सोही कार्यालयका एसपी ऋषिराज कँडेलको नेतृत्वमा ४ सदस्यीय समिति बनाइएको छ । जसमा प्रहरी निरिक्षक जितेश दाहाल,सई रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई रहेका छन् ।

प्रहरीकै सम्लग्नतामा घटना भएको आरोप लागेपछि निष्पक्ष छानबिनका लागि समिति गठन गरिएको हो । यसअघि जिल्ला सुरक्षा समिति संखुवासभाले पनि सिडियो मोहनमणी घिमिरेको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ ।

कारागारको शौचालयको रड काटेर भाग्न खोजेका कैदीहरु आकाश बलामी र बिनोद तोलाङ्गेको २ पक्षबीच भएको झडपको क्रममा मृत्यु भएको थियो । उनीहरु बिहान ५ बजेतिर बाथरुमको रड काटेर जेलबाट भाग्न खोजेका थिए ।

सुरक्षामा खटिएका प्रहरीले देखेपछि भित्र पठाएका थिए । भाग्न खोजेका कैदीहरु भित्र आएपछि २ पक्षबीच कुटाकुट भएको थियो । कुटपिटबाट गम्भिर घाइते भएका २ जनाको उपचारका लागि लैजाँदा गर्दा मृत्यु भएको हो ।

कुटपिटमा सम्लग्न ९ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);