आज गण्डकीसहित यी प्रदेशमा भारी वर्षा | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

आज गण्डकीसहित यी प्रदेशमा भारी वर्षा

काठमाडौं, २६ साउन । आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, आज राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);