डेंगी संक्रमितको संख्या ११ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

डेंगी संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं । नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार नाघेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको हो ।

७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । उक्त जिल्लामा संक्रमितको संख्या ६ हजार ३०० पुगिसकेको छ । अघिल्लो वर्ष काठमाडौँ जिल्ला डेंगीको हटस्पटमा बनेको थियो ।

त्यसैगरी मोरङमा १ हजार ३९३, धादिङमा १ हजार ११०, कास्कीमा २२७ , धनकुटामा २२३, दार्चुलामा १९२, झापामा १८२, काठमाडौँमा १५३, संखुवासबामा १४८ र तनहुँमा ७९ जनामा डेंगी सक्रमण रहेको छ । प्रादेशिक तथ्यांक अनुसार सबैभन्दा धेरै कोशी प्रदेशम ८ हजार ४२० जनामा डेंगी संक्रमण भइसकेको छ ।

त्यसैगरी वाग्मती प्रदेशमा १ हजार ५४७, गण्डकी प्रदेशमा ४८१ र सुदूरपश्चिम प्रदेशमा ४०४ जना, लुम्बिनी प्रदेशमा २१९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);